Monday, August 10, 2026

महागढीमाई नगरपालिकाले दुईवटा एम्बुलेन्समार्फत निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने

कलैया , १४ वैशाख । बाराको महागढीमाई नगरपालिकाले नगरवासीहरूका लागि स्वास्थ्य आपत्कालमा निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै विशेष परिस्थितिमा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने जनाएको हो।

नगरपालिकाले क्यान्सर, हृदयघात, मिर्गौला रोगजस्ता जटिल समस्या भएका बिरामीहरूका लागि, साथै सुत्केरी महिलाहरूलाई स्वास्थ्य संस्थामा लैजाँदा एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरेको छ। त्यस्तै, अरु अत्यावश्यक स्वास्थ्य सेवाको खाँचो परेका बिरामीहरूलाई पनि निःशुल्क सेवा दिइने जनाएको छ।

सेवा लिन चाहने नागरिकहरूले आफ्नो नागरिकता वा कुनै पनि सरकारी प्रमाणित कागजात देखाउनु पर्नेछ। यद्यपि, कुनै गलत प्रयोग भएमा सेवा लिनेले तोकिएको भाडादर तिर्नुपर्ने सूचनामा उल्लेख छ । नगरपालिकाले दुईवटा एम्बुलेन्समार्फत सेवा सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर