कलैया, १५ बैशाख। बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ अमलेखगंज स्थित ३ नम्बर पुलमा बसले ट्रकलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्।
आज बिहानको समयमा पोखराबाट रौतहट आउदै गरेको ग १ ख ११५४ नम्बरको बसलाई काकरभिट्टाबाट पोखरा जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसले ठक्कर दिँदा अनियन्त्रित भई पथलैयाबाट हेटौडा जादै गरेको प्रदेश २-०३-००१ ख ५१८७ नं. को कोईला लोड लहरी ट्रक सडक छेउमा बिग्री रोकिराखेको अवस्थामा उक्त ग २ ख १६५५ नम्बरको बस ठोकिन गई सडक भन्दा ५ मि. तल खसि दुर्घटना हुदाँ उक्त बसमा सवार १९ जना घाइते भएका हुन्।
घाईते हुनेहरुमा ठक्कर दिने बसका चालक कास्की रुपा गा.पा-७ बस्ने बर्ष ४० को रवि कु.ताम्राकारको मुखमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको छ। ।
२. ग २ ख १६५५ नं को बसको सह चालक जि.कास्कि बस्ने अं. बर्ष ५० को बासुदेव अधिकारीको दुबै खुट्टामा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
३. जि.तनहुँ भानु न.पा.-८ बस्ने बर्ष ३० को अनिल कु.बस्नेतको बायाँ खुट्टामा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
४. जि.ईलाम ईलाममाई न.पा.-४ बस्ने बर्ष ३१ को राजेन्द्र सुनुवारको टाउकोमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
५. जि.पाँचथर फिदिम न.पा.-५ बस्ने बर्ष ३२ को खर्क सिंह तुमवापोको नाकमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
६. देश भारत जि.भङकुरा बस्ने बर्ष ४६ को बिलाश दाशको निधार,दुबै हातमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
७. जि.सप्तरी रुपनि गा.पा.-३ बस्ने बर्ष २८ को रबिन्द्र माझिको मुखमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
८. जि.सप्तरी हलुवा न.पा.-१ बस्ने बर्ष २० को भरत ईश्वरको मुख,छातिमा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
९. जि.पाँचथर हिलेहाङ गा.पा.-६ बस्ने बर्ष ६० कि बुद माया यावको बाँया खुट्टामा चोट अवस्था मध्यम, हेटौँडा सामुदायिक अस्पतालमा उपचार भई रहेको ।
१०. जि.सल्यान कालिमाटि गा.पा.-३ बस्ने अं. बर्ष २८ कि पुष्पा वलिको टाउकोमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
११. जि.ईलाम सुर्यदैले न.पा.-१२ बस्ने बिरमान राईको छोरी बर्ष २२ कि मनिषा राईको टाउको,मुखमा चोट अवस्था मध्यम ।
१२. जि.झापा दमक न.पा.-१ बस्ने बर्ष २० को निशा लिम्बुको मुखमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१३. जि.दोलखा बिष्णु गा.पा.-५ बस्ने अम्बर ब. खड्काको छोरा बर्ष १९ को अनुराग खड्काको टाउको,दुबै हातमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१४. देश भारत जि.सिलोङ बस्ने कमल सिंह थापाको छोरा बर्ष २५ को रेशम थापाको टाउको,दाइने खुट्टामा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१५. ऐ.ऐ. बस्ने हेमलाल क्षेत्रिको छोरा बर्ष २८ को सागर क्षेत्रिको मुख,बायाँ हातमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१६. जि.ईलाम देवमाई न.पा.-८ बस्ने बर्ष २९ को दल ब.राईको निधारमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१७. जि.ईलाम ईलाम न.पा.-१ बस्ने बर्ष ३७ को तेज ब.राईको अनुहारमा,दाईने खुट्टामा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१८. ऐ.ऐ. बस्ने बर्ष २७ को संजिव राईको गाला,शरिरमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
१९. जि.खोटाङ केपिलास गढि गा.पा.-७ बस्ने बर्ष ३२ को टेक ब.राईको टाउको,अनुहारमा चोट अवस्था मध्यम, ऐ. स्थानिय अकल बहादुर कार्कि अस्पतालमा उपचार भई रहेको ।
सवारी साधनहरु घटना स्थलमा नै रहेको तथा हटाउने पहल भईरहेको एक तर्फ बाटो सुचारु रहेको र ग १ ख ११५४ नं.को बस र बस चालक चितवन राप्ति न.पा.-३ बस्ने बर्ष ४७ को तिलक ब.थापा मगर इ.प्र.का.अम्लेखगंजबारा को नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ।