Friday, July 31, 2026

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

कलैया, ९ कात्तिक। आइसिसी विश्वकप लिग–२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा सुरु हुनेछ। विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मिलित सिरिज आज देखि हुन लागेको हो।

नेपाली टोलीका लागि यो खेल निकै महत्व साथ हेरिएको छ। लिग–२ मा नेपालले हालसम्म सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। ६ खेलमध्ये ५ मा जित, ९ मा हार र २ मा अंक बाँड्दै १२ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको नेपाललाई अंक तालिकामा सुधार गर्न यो सिरिज महत्वपूर्ण छ। हालको अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ।

नेपालले यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ अमेरिकालाई पराजित गर्दै विजयी सुरुवात गर्ने दाउमा छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर