16.6 C
Kalaiya

Friday, November 28, 2025
spot_img
16.6 C
Kalaiya
Friday, November 28, 2025

पर्साका ३ जना सहित २१ जना झण्डै १८ अर्बको अबैध विधुतीय कारोबार गर्ने पक्राउ

spot_img
spot_img

काठमाडौं, १६ बैशाख। आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण वापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा भन्सार चोरी पैठारी, सुनको अवैध कारोवार र कर छली लगायतमा संलग्न पर्साका ३ जना सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा पर्साको प्रदिप कुमार साह, बिकर्णजंग राणा र सालमा खातुन रहेका छन्। उनीहरुले सजिलो पे र पेवेल नेपाल प्रालिको नाममा डिजिटल वालेटको नाममा रहेको कम्पनीहरुको नाममा नेपालमा रहेका बैंकहरुमा जम्मा गरी अबैध रुपमा रेमिट्यान्स बापतको रकम मिलान गरेकोले उनीहरुलाई पक्राउ गरिएको हो।

Advertisement

पक्राउ परेका पर्साका ३ जना सहित २१ जनालाई झण्डै १८ अर्बको कारोबार गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार एकसय सात रुपैयाँको अबैध कारोबारको गरेको खुलेको छ।

Advertisement

पक्राउ परेका पर्सेली साहले आर एण्ड आर सब रेमिट प्रालिको नाममा एक अर्ब एक करोड १५ लाख ९१ हजार ९२० रुपैयाँ, राणाले सस्विका मनी ट्रान्सफरको नाममा ८६ करोड ६४ लाख ५६ हजार ४०७ रुपैयाँ र खातुनले खुशी मनी ट्रान्सफरको नाममा ७५ करोड ५५ लाख २६ हजार ३५८ रुपैयाँ बराबरको अबैध कारोबार गरेको नेपाल प्रहरीले जनाएको छ।

पक्राउ परेका २१ जनामाथि नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरितको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कसुरमा थप अनुसन्धान भैरहेको छ।

पक्राउ परेकाहरुको विवरण 

   

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर