Monday, August 10, 2026

शिक्षक आन्दोलनले जीतपुरसिमरा उपमहानगरमा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा स्थगित

कलैया, १६ वैशाख। बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरूमा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा हाललाई स्थगित गरिएको छ।

वैशाख १५ गते सम्पन्न परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार, उपमहानगरपालिकाले वैशाख १६ गते (आज) देखि सुरु हुने भनिएको आधारभूत तह (कक्षा ८) को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको जानकारी गराएको हो।

नेपाल शिक्षक महासंघको आव्हानमा जारी आन्दोलनका कारण परिक्षा स्थगित गरिएको उपमहानगरले जनाएको छ। अब परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर