कलैया, १६ वैशाख। बाराको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सञ्चालित विद्यालयहरूमा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा हाललाई स्थगित गरिएको छ।
वैशाख १५ गते सम्पन्न परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार, उपमहानगरपालिकाले वैशाख १६ गते (आज) देखि सुरु हुने भनिएको आधारभूत तह (कक्षा ८) को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको जानकारी गराएको हो।
नेपाल शिक्षक महासंघको आव्हानमा जारी आन्दोलनका कारण परिक्षा स्थगित गरिएको उपमहानगरले जनाएको छ। अब परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।