Monday, August 10, 2026

बारामा प्राकृतिक विपद्: विद्युत संरचना र घर भत्किए

कलैया, १६ वैशाख । बाराको विभिन्न स्थानमा आइतबार साँझ परेको हावाहुरी र वर्षाले विद्युत् संरचना र निजी घरमा क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिम्रौनगढ नगरपालिका र देवतल गाउँपालिकामा गरी झन्डै ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

सिम्रौनगढ नगरपालिका–५ स्थित ठुलो इटवालमा रहेको लक्ष्मी रायको मिलमा हावाहुरीसहितको वर्षाका कारण ट्रान्सफर्मर र पोल भत्किएको छ। यसबाट करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। विद्युत् संरचनामा भएको क्षतिपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोली घटनास्थलमा खटिएको थियो।

यस्तै, देवतल गाउँपालिका–२, दक्षिण झिटकैया क्षेत्रमा पनि हावाहुरी र वर्षाको प्रभाव देखिएको छ। उक्त क्षेत्रमा एक घर भत्किएर करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। घटनापछि प्रहरी चौकी दक्षिण झिटकैयाबाट टोली परिचालन भई स्थलगत निरीक्षण गरिएको छ।

प्राधिकरणले बदलिंदो मौसमका कारण सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। ( AI Feature Image )

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर