Monday, August 10, 2026

नक्कली पत्रमा पक्राउ परेका रेशम चौधरी भए रिहा

काठमाडौं, १८ बैशाख । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी थुनामुक्त भएका छन् । डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले प्रक्रिया पूरा गरी चौधरीलाई थुनामुक्त गरिएको बताए । सर्वोच्च अदालतको नक्कली पत्रका कारण उनी आज अचानक पक्राउ परेका थिए । तर, सर्वोच्चको सो पत्र आधिकारिक नभएको भन्दै नक्कली पत्रका आधारमा पक्राउ परेका चौधरी केही समयको थुना पछि भर्खरै रिहा भएका हुन् ।

‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ,’ प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा भनिएको थियो ।

चौधरीलाई पक्रन ‘नक्कली पत्र लेख्ने’ सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट भने यतिखेर जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रणमा रहेका छन् । विष्टलाई सर्वोच्च अदालत सुरक्षा इकाइले पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो ।

उनले ‘टिकापुरका हत्या भएको ब्यक्ति सम्झेर’ साे नक्कली पत्र लेखेको प्रारम्भिक बयान दिएका छन् । उनी माथी थप अनुसन्धान जारी रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर