22.3 C
Kalaiya

Wednesday, October 15, 2025
spot_img
22.3 C
Kalaiya
Wednesday, October 15, 2025

बारामा मनाइयो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस

spot_img
spot_img

कलैया,१९ वैशाख । कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाराको आयोजनामा बाराको कलैयामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस शुक्रबार मनाइएको छ। महासंघले यस अवसरमा भरत चौकदेखि प्रभातफेरी गरेको थियो। प्रभात फेरीले नगर परिक्रमा गरेको थियो। बारा उद्योग वाणिज्य संघको सभा हलमा आईसिटी कार्यशाला गोष्ठीमा परिणत गरिएको थियो। सूचना प्रविधिको अभियान,डिजिटल नेपालको निर्माण भन्ने मूल नाराका साथ उक्त दिवस मनाइएको हो।

Advertisement

“ई– नेपाल सपना,हाम्रै हातमा सम्भव,समृद्ध नेपालको आधार,सूचना प्रविधि र सञ्चार,सूचना प्रविधी,शिक्षादेखि समृद्धिसम्म” भन्दै उक्त र्‍यालीमा नारा लगाइएको थियो । कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले पानसमा बत्ति बाली सो गोष्ठीको उद्घाटन गरेका थिए।

Advertisement

सो कार्यक्रममा ईन्टरनेट तथा सामाजिक संजाल,साइबर क्राइम अपराध,ब्लैकमेलिङ्ग,कानुनी व्यवस्था सम्बन्धी,डाटा अटोमेशन,नेटवर्क,साइबर सेल,जिआईएस र सिमानाकाको स्तम्भ रेकर्ड र एआइको भबिष्य जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका समुदाय प्रहरी साझेदारीका रन्जनकुमार साह,सशस्त्र प्रहरी बल नम्बर १२ गणका सशस्त्र प्रहरी निरीक्षक ई.विक्रम केसीले प्रशिक्षक तथा प्रशिक्षण दिएका थिए।

Advertisement

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल टेलिकम बाराका प्रमुख अमित साहले एसईई परिक्षा पास गर्ने विद्यार्थीहरुलाई नेपाल टेलिकमले प्रदान गरेको सिमलाई दुरुपयोग नगरी अध्ययन तर्फ सदुपयोग गर्न आग्रह गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि बारा उधोग वाणीज्य संघका अध्यक्ष राजकुमार साहले विद्यार्थीहरुलाई हप्तामा एक दिन ईलोक्ट्रोनिक डिभाइस होलिडे मनाउन आग्रह गरेका छन्।

उक्त कार्यक्रममा कम्प्युटर महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश शर्मा,बाराका पुर्व अध्यक्ष शशीभुषन साह,जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका समुदाय प्रहरी साझेदारीका जिल्ला इन्चार्ज प्रहरी सहायक निरीक्षक राजकिशोर पटेल,नेपाली सेनाका क्याप्टेन अनमोल प्रसाई,सामाजिक अभियन्ता ई.सौरभ चौगाई,बाल एकता बोर्डिङ स्कुल +२ विज्ञान तथा म्यानेजमेन्ट कलेजका कक्षा ११ र मनकामना बोर्डिङ स्कुल कक्षा ७,८ र ९ का विद्यार्थी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा कम्प्युटर एसोसिएसन महासंघ बाराका निवर्तमान अध्यक्ष संजय केशरीले स्वागत गरे। कार्यक्रमको संचालन सचिव बिनोद साहले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर