Wednesday, August 5, 2026

बाराको कलैया–मलाही सडक मर्मत सुरु

कलैया, १२ मंसिर। बाराको कलैया–मलाही १६ किलोमिटर सडकखण्डमा आजदेखि मर्मत कार्य सुरु भएको छ। नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन सहित त्यहाका स्थानीयले बिहीबारदेखि अनिश्चितकालीन सडक बन्द गरेपछि पूर्वाधार विकास कार्यालय बाराले आज उक्त सडकको मर्मत कार्य सुरु गरेको हो। उक्त सडक वर्षौँदेखि जीर्ण रहेको थियो ।

कलैया–गञ्जभवानीपुरबीच पसाहा खोलाको पुलमा बिहिवार टेम्पु चालकहरुले सडकमै टेम्पु रोकेर आन्दोलन गरेका थिए ।पूर्वाधार विकास कार्यालय बाराकी सूचना अधिकारी इन्जिनियर आरती चौधरीका अनुसार सडक हाल ठेक्का प्रक्रियामा रहेको जानकारी दिए।

उनले भनिन्, “उक्त सडक निर्माणको लागी ठेक्का प्रक्रियामा रहेको र हाललाई जनतालाई सहज हुने गरि मर्मत कार्य भइरहेको ।”

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर