Friday, August 14, 2026

मोटरसाइकलको ठक्करबाट पर्साका एक जनाको मृत्यु

कलैया, १२ मंसिर। हेटौँडामा मोटरसाइकलको ठक्करबाट पर्साका एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पैदलयात्री वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पताल मृत्युु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर