Monday, August 10, 2026

कलैया उपमहानगर–२७ मा विद्यार्थीहरूलाई साइकल वितरण

कलैया, २२ बैशाख। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ मा एक कार्यक्रममार्फत स्थानीय विद्यार्थीहरूलाई साइकल वितरण गरिएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष अशोक कुमार तिवारीको अध्यक्षता रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा सांसद तथा पूर्व मन्त्री ज्वाला कुमारी साह त्यस्तै विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत नाथु साह रहेका थिए भने शिक्षा तथा खेलकुद शाखाका प्रमुख राजिव यादव, समाजसेवी अमृत शर्मा बजगाईं तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वडा सदस्यहरू नरेश कुशवाहा, आलमहम्मद अन्सारी, कृष्णवती देवी, लालमती देवी बैठा, वडा सचिव गोरख पण्डित, साथै समाजसेवीहरू पशुराम चौधरी, हिरा साह लहेरा, रामइश्वर यादव, रामानन्द बैठा, दोवारिका सहनी, अनरजित चौधरी, शम्भु राउत, कुर्मी जियालाल महतो र गफुर अन्सारी लगायतको उपस्थिति रहेको थियो।

साइकल वितरण कार्यक्रममार्फत शैक्षिक पहुँचमा सहजता ल्याउने लक्ष्य लिइएको वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर