31.2 C
Kalaiya

Thursday, May 29, 2025
31.2 C
Kalaiya
Thursday, May 29, 2025

spot_img

बलात्कार गरेको आरोपमा पर्साका समसुदिनलाई कतारबाट पक्राउ गरी काठमाडौँ ल्याइयो

spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज, २५ बैशाख। जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३१ बेलवाप्रसौनी बस्ने अब्दुल रहमानका २९ वर्षिय छोरा समसुदिन अंसारी कतारबाट पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा कारवाही गराउन बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।

Advertisement
Advertisement

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

Advertisement

घटनाको विवरण: कतारबाट पक्राउ परेका समसुदिन अंसारी जातिय परम्परा अनुसार ३४ जिल्ला बस्ने ०८१/०८२ बेलवा प्रसौनी (ङ) परिवर्तित नामको महिलासँग विवाह गरेका थिए। विवाह पश्चात बेहुलीको माईतीबाट भने बमोजिम दाईजो नदिएको विषयलाई बेलवा प्रसौनी (ङ) लाई कुटपिट गर्ने, गालीगलौज गर्ने, त्रासपूर्ण व्यवहार गर्ने तथा यौन दुर्व्यवहार गर्दै आईरहेका थिए।

यो सबै गर्दागर्दै २०८१ साल साउन १३ गते बेलुका साढे ९ बजेको समयमा पिडित महिला बिरामी भई आफ्नै डेरामा सुतिरहेको अवस्थामा समसुदिनले कोठामा गई , कोठाको ढोका बन्द गरी पिडितलाई विभिन्न किसिमका धाकधम्की दिई, डरत्रासमा पारी पिडितको मन्जुरी बिना जबरजस्ती करणी गरेका थिए।

कसरि पक्राउ परे समसुदिन ? पिडितले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न रेड नोटिस जारी गरिदिन जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान तथा कारवाही शाखामा अनुरोध गरेकी थिइन्। उक्त अनुरोध पश्चात पर्सा प्रहरीले नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको र २०२५ अप्रिल १ मा रेड नोटिस जारी गरी नेपाल प्रहरी र ऐनसिबी दोहा कतारको समन्वयमा उनलाई पक्राउ गरी आज नेपाल ल्याईएको हो।

समय अभावका कारण उनलाई जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन नसकेकोले भोली उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर