Friday, July 24, 2026

पर्साको पोखरियामा १ करोडको लागतमा पार्क निर्माण हुदैं

वीरगन्ज, २७ बैशाख। पर्साको पोखरीया नगरपालिका वडा नं ९ स्थित ४ बिघा जमिनमा १ करोड रुपैया बराबरको ‘माटो पार्क’ निर्माण गरिदै छ।

शनिबार एक कार्यक्रमका वीच जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सांसद डा. सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संयुक्त रुपमा निर्माण हुन लागेको उक्त “माटो पार्क” को शिलान्यास गरेका हुन्।

जनमत पार्टीको विशेष परियोजनाको रूपमा अगाडि सारिएको उक्त पार्कमा मधेश प्रदेशका १३६ वटै स्थानीय तह (पालिका) को ऐतिहासिक, सांस्कृतिक र पहिचान झल्काउने स्थलहरूको माटो संकलन गरी पार्कमा स्थापना गरिने छ। उक्त पार्क निर्माणको लागि मधेश प्रदेश सरकारले १ करोड रुपैया बराबरको बजेट विनियोजन गरेको छ।

अध्यक्ष राउतले केही वर्ष अघि सञ्चालन गरेको “माटो यात्रा” अभियान अन्तर्गत मधेशका विभिन्न ठाउँको माटो संकलन गरेको माटोलाई यस पार्कमा स्थापित गरिने बताइएको छ। उक्त पार्कलाई मधेशको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष राउतले बताएका छन्।

शिलान्यास कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, पर्सा वन डिभिजन कार्यालयका प्रमुख मंजुर अहमद, पोखरीया नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष लगायतकाहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर