29.6 C
Kalaiya

Sunday, June 22, 2025
29.6 C
Kalaiya
Sunday, June 22, 2025

spot_img

बारा: सरस्वती माविका २१५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २८ बैशाख। बाराको प्रसौनी गाउँपालिकामा आज पनि २१५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

Advertisement
Advertisement

प्रसौनी गाउँपालिकाको वडा नं ६ बेलहिया स्थित श्री सरस्वती नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २१५ जना‌ विद्यार्थीहरुलाई नेपाली कांग्रेसका बारा क्षेत्र नं ४ ख का सभापति लोकेश सिंहको पहलमा ब्याग, शैक्षिक सामाग्री र खेलकुद सामग्री वितरण गरिएको हो।

Advertisement

सिएफआरडीको आर्थिक सहयोग र ग्लोबल को अपरेशन फर डेभलपमेन्ट संस्थाले उक्त ब्याग, शैक्षिक सामाग्री तथा खेलकुद सामग्री वितरण गरेको लोकेश सिंहले जानकारी दिए।

कार्यक्रममा प्रसौनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष बिनोद पटेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने उक्त कार्यक्रममा विद्यालयका शिक्षक, वडा अध्यक्ष, स्थानिय लगायतकारुको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर