Tuesday, September 22, 2026

बारा: सरस्वती माविका २१५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

Advertisement
Advertisement

कलैया, २८ बैशाख। बाराको प्रसौनी गाउँपालिकामा आज पनि २१५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

प्रसौनी गाउँपालिकाको वडा नं ६ बेलहिया स्थित श्री सरस्वती नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका २१५ जना‌ विद्यार्थीहरुलाई नेपाली कांग्रेसका बारा क्षेत्र नं ४ ख का सभापति लोकेश सिंहको पहलमा ब्याग, शैक्षिक सामाग्री र खेलकुद सामग्री वितरण गरिएको हो।

सिएफआरडीको आर्थिक सहयोग र ग्लोबल को अपरेशन फर डेभलपमेन्ट संस्थाले उक्त ब्याग, शैक्षिक सामाग्री तथा खेलकुद सामग्री वितरण गरेको लोकेश सिंहले जानकारी दिए।

कार्यक्रममा प्रसौनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष बिनोद पटेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने उक्त कार्यक्रममा विद्यालयका शिक्षक, वडा अध्यक्ष, स्थानिय लगायतकारुको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर