29.7 C
Kalaiya

Monday, August 18, 2025
spot_img
29.7 C
Kalaiya
Monday, August 18, 2025

spot_img

बारामा हावाहुरीले रुख ढल्दा एक जना घाइते

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ०२ जेठ। बाराको कलैया उपमहानगरपालिका वडा नं वडा १० मटिअर्वा नाकामा हावाहुरीले पिपलको रुख ढलेपछि एकजना पुरुष गम्भीर घाइते भएका छन्।

Advertisement

भारतको आदापुरबाट घर फर्किरहेका बाराको महागढीमाई नगरपालिका वडा नं ४ गन्जभवानीपुर बस्ने नन्द जयसवालको छोरा अन्दाजी ३३ वर्षिय संजय जयसवाल रुखले च्यापिएर गम्भीर घाइते भएका हुन्।

Advertisement

जयसवाल चढेको बिआर ०६ एडब्लु ६७८१ नम्बरको मोटरसाइकल माथि रुख ढलेपछि उनी गम्भीर घाइते भएका हुन् । उनलाई भारतिय सिमा सुरक्षा बल, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले उद्दार गरेका थिए।

घाइते जयसवाललाई उपचारको लागि बाराको नौतन स्थित एल एस न्युरो अस्पतालमा लगिएको मटिअर्वा प्रहरी चौकीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर