30.5 C
Kalaiya

Sunday, June 1, 2025
30.5 C
Kalaiya
Sunday, June 1, 2025

spot_img

आज २०८२ साल जेठ ०४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img
spot_img
Advertisement

आजको राशिफल :

Advertisement
Advertisement

 

Advertisement

मेष: विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। सेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ तर उमङ्गको कमी देखिनेछ।भाग्यशाली रङ हरियो, अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। कालो रङको प्रयोग नगर्नुहोला।

वृष: आज शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कतैबाट शुभ समाचार सुन्नमा आउनेछ, साँझमा भने नजिकका व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ।भाग्यशाली रङ रातो, अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। उत्तर दिशा नजानुहोला।

मिथुन: घर परिवारमा झैझमेलाको अवस्था आउला। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। बन्न लागेको काम बिग्रन सक्छ, ठूलाबडाको आशीर्वादले भने काम बन्न सक्छ।भाग्यशाली रङ सेतो, अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। हरियो रङको प्रयोग नगर्नुहोला।

कर्कट : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। सन्तानबाट सुख मिल्ला।भाग्यशाली रङ खैरो, अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिनुहोला। दक्षिण दिशाको यात्रा नगर्नुहोला।

सिंह: आज सजिलै अरूको विश्वास जित्न सकिनेछ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने छ।भाग्यशाली रङ घ्यू रङ, अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। झुट नबोल्नुहोला।

कन्या :आज मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। समाजसेवा कार्यमा मन लाग्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।भाग्यशाली रङ आकाशे, अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। छल कपट नगर्नुहोला।

तुला: परिवारमा झैझमेलाको अवस्था आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ने छ। मन भावुक र उत्ताउलो बन्न सक्छ। साँझमा अरूलाई प्रभावित पारेर काम बन्नेछ।भाग्यशाली रङ घ्यू रङ, अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। अखाद्य वस्तुको सेवन नगर्नुहोला।

वृश्चिक : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। जीवनसाथीसँग राम्रो आहार विहारका साथै रमाइलो समय बिताउनु हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ। साँझमा भने तनाव बढेको महसुस हुनेछ।भाग्यशाली रङ पहेँलो, अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। आज भरिसक्के लामो यात्रा नगर्नुहोला।

धनु: कामहरू अगाडि बढ्नेछन्। समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आकस्मिक धन लाभ हुनेछ, तर अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।भाग्यशाली रङ पहेँलो, अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। खरानी रङको प्रयोग नगर्नुहोला।

मकर :आकाङ्क्षा पूर्ण हुने भएको छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। सेवा मूलक कामबाट सुख र सफलता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। धनमाल पनि हात लाग्न सक्नेछ।भाग्यशाली रङ निलो, अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। सेतो रङको प्रयोग नगर्नुहोला।

कुम्भ: लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यर्थको सास्ती पनि खेप्नु पर्ला, तर वैदेशिक कार्य कमजोर रहनेछ। परिवारका लागि धेरै समय दिन पाइने छैन।भाग्यशाली रङ हरियो, अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। खैरो रङको प्रयोग नगर्नुहोला।

मीन :व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन्। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। बजार घुम्ने अवसर भने मिल्नेछ।भाग्यशाली रङ पर्पल, अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नुहोला। तामसिक भोजन नगर्नुहोला।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर