Monday, August 10, 2026

बारामा मोटरसाईकलको ठक्करबाट एक जना मृत्यु

कलैया, १० जेठ। बारामा मोटरसाईकलको ठक्करबाट एक जना मृत्यु भएको छ। जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर १ रामटोल सोलखपुरमा नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना युवकको मृत्यु भएको हो।

नेपाल राष्ट्रिय मा.बि कवही गोठबाट पढेर घर फर्किने क्रममा बरियारपुरबाट कवही गोढ तर्फ तिब्र गतिमा आउदै गरेको मोटरसाईकलले ठक्कर दिदा कक्षा ६ मा अध्ययनरत एक जना विद्यार्थीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय राजेन्द्र रामको १३ बर्षिय छोरा छोटेलाल कुमार राम रहेका छन । दुर्घटनामा परी गम्भिर घाईते भएका रामलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो ।

अस्पतालमा उनको उपचार हुन नस्केपछि थप उपचारको लागि नेशनल मेडिकल कलेज बीरगञ्जमा लगिएको थियो । उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर