22.5 C
Kalaiya

Tuesday, November 4, 2025
spot_img
22.5 C
Kalaiya
Tuesday, November 4, 2025

क्षतिपुर्ति नपाएको भन्दै किसानहरुले गरे सिम्रौनगढ नगरपालिकामा तालाबन्दी

spot_img
spot_img

सिम्रौनगढ,१२ जेठ । बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा किसानहरुले तालाबन्दी गरेका छन । पिडित किसानहरुले क्षतिपुर्ति नपाएको भन्दै आईतबार नगरपालिकाको कार्यालयमा तालबन्दी गरेका हुन । गत वैशाख १४ गते आएको विनाशकारी हावाहुरी र असिना पानीले सिम्रौनगढका सयौ किसानहरुको बाली नालीमा क्षतिपुर्‍याएको थियो ।

Advertisement

असिनापनिले यहाँका सयौँ किसानको खेतबारी तहसनहस बनायो । किसानहरुले लगाएको तरकारी बाली,मकै बाली र धाना बालीमा ठूलो क्षतिपछि पनि नगरपालिकाले कुनै राहत नदिएपछि आक्रोशित किसानहरूले तालाबन्दी गरेका हुन। पीडित किसानहरूले नगरपालिका कार्यालयको दुवै प्रवेशद्वारमा तालाबन्दी गरेर धर्ना समेत दिएका छन। नगरपालिकाकै कार्यालयमा किसानहरुले तालाबन्दीको क्रममा प्रहरीको हस्तक्षेप भए पनि किसानहरूको आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने किसान सङ्घर्ष समितिका सदस्य राम प्रवेश कुशवाहाले जानकारी दिएका छन ।

Advertisement

हावाहुरी र असिनाले नगरपालिकाको वडा नम्बर १,२,३,६ र ७ मा करिब ९४ बिघा खेतमा लगाइएको बाली पूर्ण रूपमा नष्ट भएको थियो । प्राकृतिक प्रकोपले करिब ६०० किसानको जीविकामा गहिरो चोट पु-याएको छ । “हाम्रो वर्षभरिको मेहनत एकै रातमा खरानी भयो,” कुशवाहाले गहभरि आँसु पार्दै भने । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको टोलीले हावाहरु र असिना पानी आएको भोली पल्ट प्रभावित क्षेत्रको निरीक्षण गर्न पुग्नु भएको थिए । सो अवसरमा प्रजिअ सहितको टोलीले सुझावमा किसानहरूले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकामा बुझाएका थिए ।

Advertisement

तर उक्त विशषयमा नगरप्रमुख किशोरी प्रसाद कलवारसंग पटक पटका गुनासो गर्दा कुनै सुनुवाई नगरेपछि बाध्य भएर तालबन्दी गर्नुपरेको पिडित किसानहरुले बताएका छन । उनीहरुले नगरपालिकाले क्षतिपूर्तिको व्यवस्था नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर