Saturday, August 1, 2026

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति यादवलाई

कलैया, १७ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गरे सँगै उनको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको उल्लेख छ।

राष्ट्रपति पौडेल यही कात्तिक १७ गतेदेखि २० गतेसम्म सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान दोहा प्रस्थान गरेका हुन्।

विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर