Thursday, July 2, 2026

उद्योगको लाइन अविलम्ब जोड्न मुख्यमन्त्री सोनलको ध्यानाकर्षण

कलैया, १७ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले उद्योगको लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबीचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनलले बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उद्योहरूको विद्युत् लाइन काटिँदा हजारौँ युवाहरू बेरोजगार हुने स्थिति भएको भन्दै समस्याको तत्काल समाधान गर्न आग्रह गरिएको बताए ।

उनले भने, “डेडिकेटेड लाइनको नाममा विभिन्न उद्योगहरूको लाइन काटेर जुन बन्द गरिएको छ त्यस विषयमा हाम्रो गहिरो चासो रह्यो । उद्योगको विद्युत् लाइन काटिदा हजारौँ युवाहरू बेरोजगार हुने स्थिति छ । त्यसैले अविलम्ब त्यो समस्या समाधान गरियोस् भन्ने हामीले कुरा राख्यौँ ।”

उनले संघीय सरकारले प्रदेश सरकारलाई दिने गरिएको अनुदान नकाटिएको जवाफ अर्थमन्त्रीबाट पाएको समेत बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर