29.6 C
Kalaiya

Sunday, June 22, 2025
29.6 C
Kalaiya
Sunday, June 22, 2025

spot_img

१२ किलो चाँदीसहित बाराका एक जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १३ वैशाख। काठमाडौंको नागढुंगाबाट १२ किलो भन्दा बढी चाँदीसहित बाराका एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा बाराको कलैया निवासी ३२ वर्षीय अनिश कुमार सिंह रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिएका छन।

Advertisement
Advertisement

वीरगञ्जबाट काठमाडौं जादै गरेको बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसलाई नागढुंगामा चेकजाँच गर्ने क्रममा १२ किलो एक सय ७६ ग्राम अवैध चाँदी बरामद भएपछि उनलाई पक्राउ गरिएको एसपी बोहराले जानकारी दिए। बिल बिजक बिनाका चाँदीका गरगहना बोकेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर