34.9 C
Kalaiya

Saturday, September 13, 2025
spot_img
34.9 C
Kalaiya
Saturday, September 13, 2025

प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ

spot_img
spot_img

काठमाडौं, १४ जेठ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले मध्यपुर ठिमी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो।

Advertisement

मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटार बस्दै आएका थापाले सिआइबीको डिएसपी भन्दै जबरजस्ती करणीको मुद्दा मिलाइदिने बहानामा एक जनाबाट ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिन थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ। थापा २०७५ सालमा समेत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका थिए।

Advertisement

यस्तै, सिआइडी प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर थाहा नगरपालिका-७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुरा बुढिनन्दा नगरपालिका-३ का २८ वर्षीय ओब्जन चदारालाई कीर्तिपुर ट्यांलाफाँटबाट मंगलबार पक्राउ गरेको हो।

Advertisement

उनीहरूले वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयोजनमा ३० लाख ठगी भएका व्यक्तिको पैसा उठाइदिने भन्दै ४ लाख ५० हजार ठगी गरेको उक्त कार्यालयले जनाएको छ।
नगद लिएपछि ग्लोबल आइएमई बैंकको २ लाख ५० हजार रुपैयाँको चेक कटाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
दुबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर