Friday, June 5, 2026

जेनजी आन्दोलनमा पूर्वमन्त्री किसान श्रेष्ठको घर र गाडीमा आगजनी, १० करोडको क्षति

spot_img

जीतपुर,२८ भदौ  । बारा क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा ठुलो क्षति भएको छ।

श्रेष्ठको निजी घर र घरभित्र पार्किङमा राखिएका चारवटा गाडीमा आगजनी भएको हो । श्रेष्ठका अनुसार आगजनीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ। घटना हुँदा श्रेष्ठसहित उनको परिवार भारतमा रहेको बताइएको छ । श्रेष्ठले यस घटनालाई सुनियोजित र नियतबश गरिएको भन्दै “मैले एक पैसा भ्रष्टाचार गरेको छैन, खाने कुरा नै छैन। म हुने खाने परिवारबाट पर्छु। राजनीति पैसा कमाउन आएको हैन, मेरो आफ्नै व्यापार व्यवसाय छ,” भनेका छन्।

श्रेष्ठले घरभन्दा अलि पर रहेका उनको कान्छो छोराले सुरु गर्न लागेको र उद्घाटनसमेत नगरेको उद्योग पनि आगजनीमा जलेको जनाएका छन्। उनले आगजनीमा संलग्न एक–एक व्यक्तिको पहिचान भइसकेको दाबी गर्दै रास्वपा, नेपाली कांग्रेस, एमाले र माओवादी दलका युवाहरु संलग्न रहेको बताएका छन्।

“शान्तिपूर्ण र निष्पक्ष आन्दोलनमा घुसपैठ गर्नेहरुलाई छोडिन्न, उनीहरु विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछु,” श्रेष्ठले चेतावनी दिएका छन्। भाद्र २२ गतेदेखी प्रतिनिधिसभा सदस्य श्रेष्ठ बुवाको श्राद्ध गर्न सपरिवार सहित भारतको बनारसको काशीमा रहेको बेला यस्तो घट्ना घटेको थियो ।

भाद्र २४ गते देशभरी भएको प्रदर्शनका क्रममा उनको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको नीजि निवास र नीजि सवारी साधनहरुमा तोडफोड र आगजनी गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर