Sunday, September 27, 2026

बाराभर कर्फ्यु र निषेधाज्ञा आदेश जारी

Advertisement
Advertisement

कलैया,२८ भदौ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार बारा जिल्ला भरी लागु हुने गरी कर्फ्यु तथा निषेधाज्ञा आदेश जारी गरेका छन्।

जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गरी प्रजिअ पौडेलले आज विहान १० बजे देखि साँझ ५ बजेसम्म निषेधाज्ञा अआदेश जारी गरेका हुन्। आज साँझ ८ बजे देखि आइतबार गते विहान ६ बजेसम्म कर्फ्यु रहने उनले सो आदेशमा जनाएका हुन्।

प्रजिअ पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी भएकोमा बारा जिल्ला भरी कफ्र्यू आदेश र सोही ऐनको दफा ६ (३क) बमोजिम अत्यावश्यक कार्य गर्न पाउने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन्। अत्यावश्यक कार्यको लागि विहान ६ बजे देखि विहान १० बजेसम्म र साँझ ५ बजे देखि साँझ ८ बजेसम्म आवत जावत गर्न सकिने छ।

कर्फ्यु को आदेश अवधिभर अति आवश्यक साधन (एम्बुलेन्स, दमकल, शव बाहन, फोहर बोक्ने तथा स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथां कूटनीतिक नियोगका सवारी साधनहरु, नेपाल विद्युत प्राधिकरण, खानेपानी, दूध बोक्ने सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्राहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ।

निषेधाज्ञाको समयमा दैनिक उपभोग्य सामान खरीद विक्री गर्न र सामान्य आवतजावत गर्न पाइने जनाइएको छ। उक्त निषेधाज्ञाको अवधिमा ५ जना वा सो भन्दा बढी व्यक्ति जम्मा हुन वा कुनै पनि किसिमको सभा, जुलुस, घेराउ, भेला, धर्ना बैठक जस्ता कार्य गर्न पाइने छैन। यस आदेशको उल्लघंन गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने प्रजिअ पौडेलले आदेशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर