Monday, August 17, 2026

बारामा आज राती ८ बजे देखि कर्फ्यू आदेश जारी

Advertisement
Advertisement Advertisement

कलैया, २६ भदौ । बारामा आज (बिहिवार) राती देखि फेरी कर्फ्यू आदेश जारी भएको छ । हालको परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाभर कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको आदेशअनुसार २०८२ भदौ २६ गते राती ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यु लागु हुने छ ।

कर्फ्यू अवधिभर कुनै पनि व्यक्ति वा समूहलाई आवतजावत गर्न, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण निषेध गरिएको छ। प्रशासनले अनावश्यक भीडभाड तथा हिंसात्मक गतिविधि रोक्न कर्फ्यू आदेश जारी गरिएको स्पष्ट पारेको छ।

कर्फ्यू अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सवारि साधन, पत्रकार, पर्यटक सवारि साधन, मानव अधिकारकर्मी, कूटनीतिक निकायका सवारी साधन र हवाई टिकट देखाएर गर्ने यात्रा भने सुचारु रहने प्रशासनले जनाएको छ । यस अघि आज बिहान मात्रै प्रशासनले कर्फ्यू तथा निषेधित क्षेत्र नरहेको जनाएको थियो । तर परिस्थितिलाई मध्यनजर गर्दै फेरी कर्फ्यू लगाइएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर