Monday, August 10, 2026

नेपालमा १५ दिनअघि नै भित्रियो मनसुन

कलैया, १६ जेठ । नेपालमा सरदर मितिभन्दा १५ दिन अगाडि नै मनसुन भित्रिएको छ । यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो। सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको विभागले जनाएको छ। बिहीबार राती भित्रिएको मनसुनले कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रुपमा मौसम सूचना अद्यावधिक गर्दै जाने विभागले जनाएको छ। विभागका अनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर