Monday, August 10, 2026

वीरगञ्जमा एक पुरुष मृत अवस्थामा फेला

कलैया, १८ जेठ। वीरगञ्जमा एक पुरुष मृत अवस्थामा फेला परेका छ्न। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा टोलका ५९ वर्षीय अरुणलाल कर्ण मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अल्जाइमर रोगी रहेका कर्ण जेठ १६ गते साँझ ५ बजे घरबाट दाह्री काट्न जान्छु भन्दै निस्किएपछि बेपत्ता भएका थिए।

उनी राति घर नफर्किएपछि उनका आफन्तजनले सोही दिन साँझ करिब ७ बजे प्रहरीलाई मौखिक रूपमा खबर गरेका थिए। प्रहरीको खोजतलास जारी रहँदा जेठ १८ गते आज बिहान ७:३० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नयाँ बस्तीस्थित नालाको पानी जमेको खेतखाल्टोमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मृतकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर