29.6 C
Kalaiya

Sunday, June 22, 2025
29.6 C
Kalaiya
Sunday, June 22, 2025

spot_img

बारामा राहदानी सेवा लिन जान लाग्नु भएको छ? आज फोटो र बायोमेट्रिक हुँदैन

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १९ जेठ। जिल्ला प्रशासन कार्यालय बाराबाट प्रदान गरिँदै आएको राहदानी सेवा आज एकदिनका लागि बन्द हुने भएको छ। प्राविधिक समस्याका कारण राहदानीका लागि आवश्यक पर्ने फोटो खिच्ने र बायोमेट्रिक विवरण संकलन गर्ने सेवा सोमबार जेठ १९ गतेका लागि स्थगन गरिएको हो।

Advertisement
Advertisement

प्राविधिक समस्याका कारण राहदानी सम्बन्धी फोटो खिच्ने तथा बायोमेट्रिक लिने सेवा आज बन्द रहने बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले जानकारी दिएका छन।

Advertisement

कार्यालयले सेवा स्थगित हुँदा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ। जिल्ला प्रशासन कार्यालयमा दैनिक दर्जनौं व्यक्ति राहदानी सेवा लिन जाने गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर