Thursday, June 25, 2026

बारामा राहदानी सेवा लिन जान लाग्नु भएको छ? आज फोटो र बायोमेट्रिक हुँदैन

कलैया, १९ जेठ। जिल्ला प्रशासन कार्यालय बाराबाट प्रदान गरिँदै आएको राहदानी सेवा आज एकदिनका लागि बन्द हुने भएको छ। प्राविधिक समस्याका कारण राहदानीका लागि आवश्यक पर्ने फोटो खिच्ने र बायोमेट्रिक विवरण संकलन गर्ने सेवा सोमबार जेठ १९ गतेका लागि स्थगन गरिएको हो।

प्राविधिक समस्याका कारण राहदानी सम्बन्धी फोटो खिच्ने तथा बायोमेट्रिक लिने सेवा आज बन्द रहने बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले जानकारी दिएका छन।

कार्यालयले सेवा स्थगित हुँदा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ। जिल्ला प्रशासन कार्यालयमा दैनिक दर्जनौं व्यक्ति राहदानी सेवा लिन जाने गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर