काठमाडौँ, २० जेठ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहयोग गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउने, अनुसन्धानलाई सहयोग गर्दै गृहमन्त्री लेखकले राजीनामा दिने र यस बारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने निर्णय गरेको छ ।
विपक्षी दलहरुको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकले हाल सभामुख देवराज घिमिरेसँग छलफल गरिरहेका छन् ।