Tuesday, June 9, 2026

पर्सामा १७६ किलो लागुऔषध गाँजासहित पिकअप नियन्त्रणमा 

spot_img

वीरगन्ज, ०१ पौष ‌। पर्सा प्रहरीले ठुलो मात्रामा अबैध लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी सिर्सियाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक श्यामबाबु यादवको कमाण्डमा खटिएको प्रहरीको टोलीले हिजो राती ८ बजेतिर चेकजाँच गर्ने क्रममा वीरगन्ज महानगरपालिका वडा नं १७ कोनिया स्थित भित्री सडकखण्डमा सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्रेबल सडकबाट पिकअपमा १२ पोकामा रहेको १७६ किलो लागुऔषध गाँजा बरामद गरेको थियो।

पक्राउ पर्नेमा रामेछापको खडा देवी गाउँपालिका वडा नं १ बस्ने अमर बहादुर श्रेष्ठको छोरा २८ वर्षिय सुबराज श्रेष्ठ रहेका छन्। उनले बा २१ च ७८५५ नम्बरको पिकअपको पछाडीको डब्बामा प्लाष्टिकको बोरामा हाली परालले छोपेर लागुऔषध गाँजा तस्करी गरिरहेका थिए।

श्रेष्ठलाई लागुऔषध गाँजासहित आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय श्रीपुरमा पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर