Saturday, September 26, 2026

अग्रज पत्रकार आलमको उपचारमा नेपाल पत्रकार महासंघ बाराको सहयोग

Advertisement
Advertisement

बारा,०१ पुस । ब्रेनहेमरेज भई चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत अग्रज पत्रकार ५३ बर्षिय फैजुल्लाह आलमको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै नेपाल पत्रकार महासंघ बारा शाखाले आर्थिक सहयोग प्रदान गरेको छ।

उपचारका लागि केही राहत मिलोस् भन्ने उद्देश्यले महासंघ बाराका तर्फबाट रु २० हजारको चेक आलमकी श्रीमतीलाई बारा जिल्लाको परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रम महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी र कोषाध्यक्ष रञ्जन यादवले संयुक्त रूपमा सम्पन्न गर्नुभएको थियो।

महासंघले पत्रकार आलमले पत्रकारिता क्षेत्रमा पु-याउँदै आएको योगदानको कदर गर्दै कठिन घडीमा साथ दिनु आफ्नो दायित्व भएको माहासंघ बाराका कोषाध्यक्ष यादबले बताउँनुभयो । उहाँले यस्तो कठिन घडिमा सबैले आ आफनो ठाउँबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै, महासंघ बाराले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर