Thursday, June 25, 2026

कर्मचारीको पोशाक अनिवार्य रुपमा लगाउन जीतपुरसिमरा उपमहानगरको निर्देशन, नलगाए कार्वाही हुने !

कलैया, २१ जेठ। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर मातहत रहेका सम्पुर्ण कार्यालयका कर्मचारीहरुलाई अनिवार्य रुपमा कर्मचारीको पोशाक लगाउन निर्देशन दिएको छ।

उपमहानगरले एक सुचना जारी गर्दै कर्मचारीको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाएर कार्यालयमा प्रदेश गर्न निर्देशन दिएको हो। उपमहानगरपालिका अन्तर्गतका सबै शाखा, उपशाखा, अस्पताल, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी तथा करार कर्मचारीहरूका लागि नयाँ निर्देश जारी गरिएको हो ।

त्यस्तै, सबै कार्यालयहरूमा डिजिटल हाजिरी प्रणाली (ई हाजिरी) लागू गरिएकाले, हाजिरी पुस्तिकामा उपस्थिति नभएमा हाजिर नमानिने स्पष्ट गरिएको प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँईद्धारा जारी सूचनामा उल्लेख छ।

नगर प्रहरीका हकमा पनि उपमहानगरपालिकाले तोकेको पोशाक लगाएर मात्र कार्यस्थलमा खटिनुपर्ने सुचनामा उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर