Thursday, June 25, 2026

सहकारी पत्रकारिता पुरस्कारबाट बाराका पत्रकार रञ्जन यादव पुरस्कृत

कलैया, २१ जेठ। सहकारी पत्रकारिता पुरस्कारबाट बाराका पत्रकार रञ्जन यादव पुरस्कृत भएका छन। सिमरा स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था,सिमराले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार संचारकर्र्मी रञ्जन यादवलाई प्रदान गरेको छ ।

बारा जिल्लामा रहेर एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय यादवलाई संस्थाले नगद रु १० हजार सहित सम्मान पत्र प्रदान गरी सम्मानित गरेको हो। सिमरामा मंगलबार आयोजित संस्थाको स्थापना दिवसका अवसरमा पत्रकार यादवलाई अध्यक्ष यज्ञबहादुर आलेले यादवलाई पुरस्कार हस्तान्तरण गरेका हुन ।

हातेमालो सहकारी पत्रकारिता पुरस्कार संस्थाद्वारा स्थापना गरिएको पुरस्कार हो,जसले सामाजिक उत्तरदायित्व वहन गर्दै निष्पक्ष पत्रकारितामा योगदान दिने सञ्चारकर्मीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर