Thursday, June 25, 2026

विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ, २३ जेठ । आजको प्रतिनिधि सभाको बैठक विपक्षी दलहरुको अवरोधपछि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेकै अवस्थामा आज बैठक शुरु भएको थियो ।

बैठक शुरु हुनासाथ विपक्षी दलहरुले बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसदको बैठक अवरोध नगर्न आग्रह गरेका थिए ।

तर विपक्षी दलहरुले अवरोध कायम राखेपछि सभामुख घिमिरेले शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर