Thursday, June 25, 2026

पर्सामा ७ हजार भन्दा बढि कुखुराका चल्ला नष्ट

कलैया, २४ जेठ। पर्साको बहुदरमाई नगरपालिका–५ डकैला चोक क्षेत्रबाट ७ हजार भन्दा बढि कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ। भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपाल भित्र्याइँदै गरेका प्रतिबन्धित ब्रोइलर कुखुराका ७५ कार्टुन (झण्डै ५ हजार ५ सय गोटा चल्ला) सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले बरामद गरेको हो।

डकैला चोक क्षेत्रमा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेका ती चल्लाहरू नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए। त्यि कुखुराका चल्लाहरू नेपालमा प्रतिबन्धित भएको तथा अवैध रूपमा भित्र्याइएको पाइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चल्लाहरू आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सशस्त्र प्रहरी बल गण नं. १३ को परिसरमै नष्ट गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर