24.6 C
Kalaiya

Thursday, October 16, 2025
spot_img
24.6 C
Kalaiya
Thursday, October 16, 2025

प्रदेश सभा सदस्य समीरको योजनामा लापरवाही: जनताको गुनासो चुलियो

spot_img
spot_img

कलैया,२५ जेठ : कही नभएको जात्रा हाडीगाउँमा भने झै विकास कार्यमा उपभोक्ता समिति बनाई ठेकेदारसंग काम गराउने प्रवृति झाँगिदै गएको छ। यसै सन्दर्भमा बाराको क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य महम्मद समिरको सिफारिशमा सञ्चालित विकास योजनामा चरम लापरवाही भएको पाइएको छ।

Advertisement

कलैया उपमहानगरपालिका–१८ का चार वटा र वडा नम्बर–५ को एक योजनामा योजना अनुसारको सूचना खुलाइएको छैन। ति योजनामा अनियमितता हुने सम्भावना देखिएको छ।

Advertisement

योजनाको स्थलगतमा सार्वजनिक सूचनाको बोर्ड नराखी निर्माण कार्य भैरहेको पाइएको छ। क्षेत्र नम्बर ३ ख मा संचालित बारा कलैया उपमहानगरपालिका –१८ मोतिसरमा धर्मशाला निर्माणमा ४५ लाख बजेट रहेको छ। पर्यटन विकास कार्यालय अन्तर्गत कलैया –१८ मा ५० लाख रुपैयाँको लागतमा तीन वटा सामुदायिक भवन निर्माण भइरहेको हो। बारा कलैया उपमहानगरपालिका –१८ गुरुकुलम ट्रष्ट वाउन्डरी बाल निर्माण कार्य ५० लाख रुपैयाँको बजेट रहेको छ। बारा कलैया उपमहानगरपालिका वडा नम्बर १९,१८ र २५ जोडने नालासहित सडक निर्माण कायर्मा ३० लाख रकम रहेको छ।

Advertisement

बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर सुशील मुडवरीको घरदेखि सुधिर यादवको घरसम्म सडक स्तरोन्नति ३५ लाख रुपैयाँको योजना रहेको छ। यी सबै योजनामा भइरहेको काम कारवाहीमा लापरवाही भेटिएको हो।

सामुदायिक भवन,धर्मशाला,सडक र नाला निर्माण लगायत २ करोड १० लाख रुपैयाँ बराबरको योजनाहरूमा लापरवाही गरिएको देखिएको छ। सो योजनाहरुमा सानो सानो बोल्डर,घर भन्दा अलि बढी नालाको लेबल रहेको,टाईबिम ढ्लान गर्ने बेला माटो सरसफाइ नगरिएको पाईएको छ ।

पर्यटन विकास कार्यालय अन्तर्गत कलैया –१८ मा ५० लाख रुपैयाँको लागतमा तीन वटा सामुदायिक भवन निर्माण हुने मनगढवास्थित पुलको तल निर्माण भैरहेको सामुदायिक भवन समीर कन्स्ट्रक्सन कलैयाले निर्माण गर्दै छ। उक्त कन्स्ट्रक्सन प्रदेश सभा सदस्य महम्मद समिरको काका नुरुल होदाको हो।

विकास योजनामा लापरवाही भइरहेको छ र सार्वजनिक जानकारीका लागि अनिवार्य मानिने बोर्ड नराखी निर्माण कार्य भइरहेको छ। यसले पारदर्शिता,जवाफदेहिता र सार्वजनिक सरोकारको अपेक्षालाई उल्लंघन गरेको देखिएको स्थानीय शिव चन्द्र मण्डलले बताएका छन्।

सम्पूर्ण योजना उपभोक्ता समिति गठन गरि ठेक्कामार्फत निर्माण कार्य भैइरहेको पाइएको छ। इस्टिमेट अनुसार काम नभएको तथा ठेकेदारहरुले लापारवाही ढंगले काम गर्दै आएको स्थानीयहरु आक्रोशित समेत भएका छन्।

यता यस विषयमा क्षेत्र नम्बर ३ ख का प्रदेश सभाका सदस्य महम्मद समिरसंग सम्पर्क गर्दा मिटिङगमा छु पछी कुरा गर्छु भन्दै कल काट्दै प्रतिक्रिया दिन मानेनन् ।

त्यस्तै भौतिक पूर्वाधार विकास कार्यालय बाराका निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादवसंग बुझ्दा मोतिसरमा संचालित योजनाको साईट इन्जिनियर रामसेवक यादव हुनु हुन्छ वहालाई जानकारी गराउनुहोस उनले भनिन् । हाकिम भएर निर्माण भैरहेको सबै ठाउँमा कहाँ पुग्न सकिन्छ,सार्वजनिक सूचनाको बोर्ड राख्न ठेकेदारलाई लगाउछौ,लगाएन भने बोर्डको रकम काट्ने उनले बताइन् । निर्माण कार्यमा लापरबाही भैरहेको पाइएमा कार्वाही समेत गर्ने उनले भनिन् ।

त्यसैगरी मोतिसरका साइट इन्जिनियर रामसेवक यादवसंग ९८१९७६७८९१ मा सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ । उपभोक्ता समिति गठन गरी ठेकेदारसंग काम गराउने प्रवृतिले यस्ता विकास योजनामा ठूलो आर्थिक चलखेलको सम्भावना रहेको स्थानीयको भनाई रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर