Thursday, July 2, 2026

विभिन्न मागसहित आदर्श कोतवाल गाउँपालिकामा युवाहरुद्वारा अनिश्चितकालीन तालाबन्दी 

कलैया, २९ असोज। बाराको आदर्श कोतवाल गाउँपालिकामा युवाहरुले तालाबन्दी गरेका छन्। मंगलबार युवाहरुले १४ बुन्दे माग राख्दै  गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, स्ट्रिट लाइट जडान, लगायतका मागलाई लिएर ३ दिनदेखि शान्तिपूर्ण आन्दोलनमा रहेका आन्दोलनकारी युवाहरुले गाउँपालिका अध्यक्ष स्वयम् वार्तामा आएर माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका हुन्।

आन्दोलित युवाहरुको प्रमुख मागहरूमा विकास योजनामा जनसहभागिता सुनिश्चित गर्दै उपभोक्ता समिति गठन, सामाजिक सुरक्षा भत्ता घरमै वितरण, गाउँसभा जनसहभागितामूलक बनाउने, किसानका बाली क्षतिपूर्ति व्यवस्था, वडा नं. ५ को रुपौलिया-मेवा सडकको डुबान समस्या समाधान, स्वास्थ्य चौकीमा औषधी अभाव अन्त्य, विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन तथा अतिक्रमित विद्यालयको जग्गा फिर्ता गराउन पहल, मठमन्दिर र बजार व्यवस्थापन, कर्मचारीको नियमित उपस्थिति, पटेर्वा चौकमा सिसिटिभी क्यामेरा जडान तथा पटेर्वा खेलमैदानको मर्मत रहेको छ।

आन्दोलनरत युवाहरुले हिजो मंगलबार नै बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरू तत्काल सम्बोधन गरी शान्तिपूर्ण आन्दोलन अन्त्य गर्न वातावरण बनाउन अनुरोध गरेका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर