Saturday, August 1, 2026

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

कलैया, २९ असोज। सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन्।

उनले संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यलाई समेत अगाडी बढाएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधि सहभागी नरहेको पाइएको छ। संसद् विघटनको यो कदमले संसदीय लोकतन्त्र र संवैधानिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको भन्दै सभामुखले यसअघि नै असन्तुष्टि व्यक्त गरिसकेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर