Thursday, July 23, 2026

कलैयाबाट मटिअर्वातर्फ जादै गरेको अटो दुर्घटना, ४ जना घाइते मध्ये २ जना गम्भीर

कलैया, २६ जेठ। बाराको कलैया उपमहानगरपालिका वडा नं १२ मानवत मटिअर्वा सडक खण्ड अन्तर्गत सितलपुर मठ नजिकै अटो दुर्घटना हुदाँ ४ जना घाइते भएका छन्।

कलैयाबाट मटिअर्वातर्फ जादै गरेको म.प्र.-०३ – ००१ ह १८५४ नम्बरको अटो दुर्घटना हुदाँ अटोमा सवार ५ जना यात्रु मध्ये ४ जना घाइते भएका हुन्। घाइते मध्ये २ जनाको अवस्था गम्भिर छ।

घाइते हुनेमा कलैया उपमहानगरपालिका वडा नं १० मटिअर्वा बस्ने २७ वर्षिय अटो चालक, देश भारत बिहार राज्य आदापुर थाना ग्राम पंचायत बेलवा घर भएका २७ वर्षिय सन्याज आलम, त्यहीका सदाम हुसेन र भारतकै जमुनापुर निवासी ४५ वर्षिय महिला सोना देवी रहेकी छन्।

घाइते मध्ये नितेश साह र सोना देवीको अवस्था गम्भिर छ भने सन्याज र सदाम प्रादेशिक अस्पताल कलैयामा समान्य उपचार पश्चात घर फर्केका छन्। नितेश साह र सोना देवीको उपचार भने वीरगन्ज स्थित नेशनल मेडिकल कलेजमा भईरहेको बारा प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर