36.4 C
Kalaiya

Tuesday, June 10, 2025
36.4 C
Kalaiya
Tuesday, June 10, 2025

spot_img

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, २६ जेठ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट परोहा नगरपालिका-८ घर भएका ३५ वर्षीय हरि कृष्ण ठाकुर, ललितपुर महानगरपालिका-५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका-१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ५५ वर्षीय कविराज सिपखान रहेका छन् ।

Advertisement

पक्राउ मध्ये हरि कृष्णले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिनाले पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै ३ जना पीडितबाट १८ लाख ५५ हजार र कविराजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख १४ हजार रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरिलाई काठमाडौं महानगरपालिका-२२, रिनालाई ललितपुर महानगरपालिका-५ र कविराजलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर