Saturday, June 6, 2026

बारा जिल्ला अदालतको पेशी तथा सुनुवाइ स्थगित

spot_img

कलैया,२६ भदौ । बारा जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय बाराबाट बुधबार जारी भएको कर्फ्यु आदेशका कारण आवागमनमा भएको अवरोधले उत्पन्न बिषम परिस्थिति र संवेदनशीलतालाई दृष्टिगत गरी अदालतले सुनवाई तथा पेशी स्थगित गरेको छ।

सेवाग्राही एवम् कानुन व्यवसायीहरुको असहजता समेतलाई ध्यानमा राख्दै बन्दीप्रत्यक्षीकरणको निवेदन र थुनछेक बाहेक अदालतमा नियमित तथा पुरक पेसी तोकीएका मुद्दाको सुनुवाई स्थगित गरिएको अदालत प्रशासनले जनाएको हो।

भदौ २४ गतेदेखि २६ गतेसम्म तोकिएका तारेख नगुज्रने समेत अदालत प्रशासनले सबैलाई जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर