Monday, October 5, 2026

वीरगञ्ज महानगरमा कर्फ्यूको समय बढाइयो

Advertisement
Advertisement

कलैया, २४ भदौ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यूको समय बढाएको छ। प्रशासनले सोमबार राति ९ः०० बजेदेखि जारी भएको निषेधाज्ञाको समय आज अपराह्न ६ बजेसम्मको लागि बढाएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्मका लागि कर्फ्यूको समयावधि थप गरिएको जानकारी दिएका छन। यस अघि सोमबार राति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।

वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहले भ्रष्टचार, सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा सोमबार प्रहरीको गोलि लागेर १९ जनाको विद्यार्थीको मृत्युको विरोधमा प्रदर्शनीमा उत्रिएका छन। वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर