Thursday, July 23, 2026

बाराको २ छुटाछुटै ठाउँमा भिषण आगलागी हुदाँ २२ लाखभन्दा बढीको क्षति

कलैया, २७ जेठ। बाराको दुई छुट्टाछुट्टै ठाउँमा भिषण आगलागी हुदाँ लाखौंको क्षति भएको छ। बाराको कलैया र सिम्रौनगढ नगरपालिकामा आगलागी हुदाँ २२ लाख ५० हजार बराबरको क्षति भएको हो।

सोमबार बाराको कलैया उपमहानगरपालिका वडा नं १२ सितलपुर स्थित एउटा मासु पसलमा विद्युत सर्ट अचानक आगलागी हुदाँ संगैको २ वटा घर पसलमा समेत आगो सल्किई फ्रिज, फर्निचर, लत्ताकपडा, रक्सी तथा अन्य सरसमान घर जलेर नष्ट हुदाँ १२ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस्तै बाराको सिम्रौनगढ नगरपालिका वडा नं ३ जोलाही टोल स्थित एउटा घरमा अचानक आगलागी हुदाँ नगद, सुन, चाँदी, सिमेन्ट, पानी तान्ने मोटर, सिलिङ्ग पंखा, महत्वपूर्ण कागजात तथा अन्नपात, लत्ताकपडा जलेर नष्ट हुदाँ १० लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

आगलागीमा कुनै मानविय क्षति नभएको र आगलागीलाई स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर