28.9 C
Kalaiya

Thursday, October 16, 2025
spot_img
28.9 C
Kalaiya
Thursday, October 16, 2025

रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

रौतहट २८ जेठ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

Advertisement

अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दामा १५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा कमलेश चौबे मुद्दा बालविवाह सजाय २ महिना १५ दिन कैद २५ हजार जरिबाना, पवित्र सहनी मुद्दा अपहरण, करणी प्रयास, हातहतियार,
जरिबाना २५ हजार, रिता देवी मुद्दा ज्यान मार्ने उद्योग जरिबाना ५ हजार, बाबूसाह राय यादव, ज्यान मार्ने उद्योग, ५ हजार, मनोज कुमार पटेल ,बैङ्किङ कसुर, जरिबाना ३ लाख २४ हजार, श्यामु परियार मुद्दा कुटपिट अभद्र व्यवहार सजायँ ३ महिना ३ दिन रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।

Advertisement

त्यस्तै पंकज कुमार झा ,कुटपिट, सजाँय ३ महिना, जरिबाना ४ हजार, चित्तन झा कुटपिट जरिबाना ४ हजार, सुरेन्द्र झा कुटपिट ४ हजार, लालबाबु साह कुटपिट अभद्र व्यवहार, ४ हजार, लक्ष्मी सहनी मल्लाह चोरी, सजाय १० दिन, रेखा पाठक चेक अनादर १० हजार, लालबहादुर खत्री, सरकारी कागज, सजायँ ३ महिना जरिबाना २ हजार, विक्रम कुमार यादव ज्यान मार्ने उद्योग, जरिवाना ३७ हजार ५००, अमर मियाँ, ज्यान मार्ने उद्योग, जरिवाना ३७ हजार ५०० रुपैयाँ रहेको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिएका छन्।

जिल्लाको बिभिन्न स्थानबाट पक्राउ परेका प्रतिबादीहरुलाई कैद तथा जरिबाना असुलका लागि मंगलवार जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपी नेत्रमणि गिरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ र तस्करी नियन्त्रण गर्न जिल्लामा एउटा अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर