कलैया, १ असार। मधेश प्रदेश सरकारले रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको मृत्यु भएको अवस्थामा शव निःशुल्क रूपमा घरसम्म पुर्याउने योजना ल्याएको छ ।
प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।
उनले भने, “मृत शरीर नेपाल भित्रिएपछि विभानस्थलबाट मृत व्यक्तिको घरसम्म पुर्याउने निःशुल्क सेवा दिने गरी व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ”।