Friday, June 26, 2026

पर्सामा २४ सय कुखुराको चल्ला नष्ट

कलैया, २ असार। पर्सामा सशस्त्र प्रहरीले २४ सय कुखुराको चल्ला नष्ट गरेको छ। पर्साको धोबिनि गाउपालिका-१ घोडदौड स्थित भारतबाट अबैध रुपमा पैठारी गरी मोटरसाइकलबाट नेपाल तर्फ ल्याउदै गरेको २४ सय गोटा प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन।

स्थानीय, जनप्रतिनिधि, पत्रकार, पशु क्वारेन्टाइन प्रतिनिधि, प्रहरी लगायतको रोहबरमा नष्ट गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साबाट खटिएको टोलिले कुखुराको चल्ला सहित पैठारी कार्यमा संमलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जगनाथपुर गाउपालिका-२ जानकीटोल बस्ने ४५ वर्षीय नवि देवान रहेका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर