22.3 C
Kalaiya

Wednesday, October 15, 2025
spot_img
22.3 C
Kalaiya
Wednesday, October 15, 2025

बारा : झरोखर पोखरीमा कृत्रिम अभ्यास सम्पन्न

spot_img
spot_img

कलैया,० असार । बारामा मनसुनको सम्भावित जोखिम तथा विपद् व्यवस्थापनको तयारीस्वरूप ‘अभ्यास मनसुन–५’ अन्तर्गतको कृत्रिम अभ्यास सफलतापूर्वक सम्पन्न गरिएको छ।

Advertisement

जिल्ला विपद् व्यवस्थापन समिति बाराको संयुक्त आयोजनामा सिम्रौनगढ नगरपालिका–९ स्थित ऐतिहासिक झरोखर पोखरीमा मंगलवार “जहाँ विपद,त्याहाँ सहकार्य सुरक्षाकर्मीसंगै-साझा दायित्व,साझा मार्गदर्शन ” भन्ने मूलनाराका साथ उक्त अभ्यास गरिएको हो। सो कार्यक्रममा सिम्रौनगढ़ नगरपालिका र रेडक्रस सोसाइटी बाराले सहयोग गरेको थियो ।

Advertisement

झरोखर पोखरीमा बाढीजन्य विपद् व्यवस्थापन,उद्धार,राहत र प्रारम्भिक स्वास्थ्य सेवा प्रवाह जस्ता पक्षमा कार्यको पूर्व अभ्यास गरिएको थियो । बाढीको समयमा उद्धार कसरी गर्ने,सामूहिक सहयोग र समन्वय कसरी प्रभावकारी बनाउने भन्ने सन्देश समेत कार्यक्रमले दिएको छ।

Advertisement

कार्यक्रमको नेपाली सेना तथा सशस्त्र प्रहरीको उद्धार प्रदर्शन गरिएको छ। बाँस तथा पानीको बोतलको सहायताले बोट निर्माण गरिएको छ। घाइतेको प्राथमिक उपचारको नमुना अभ्यास उक्त अवसरमा गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष बसन्त अधिकारी रहेका थिए। कृत्रिम अभ्यास जस्तो लाग्ला तर जसलाई पर्छ नि परेपछि मात्रै महिमा,गरिमा,आवश्यकता बारे जानकारी हुने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। कृत्रिम अभ्यास गर्ने सबै तालिम प्राप्त ब्यक्ति रहेको र विपद उद्धारमा खटिने उनले जनाए।

तालिम प्राप्त यस्ता ब्यक्तिहरु हरेक स्थानीय तहमा हुनुपर्ने उनले जोड दिए। बाढीजन्यको पूर्व सन्ध्यामा छौँ,मनसुनजन्य प्रकोपबाट बाढी र डुबान कहाँ कहाँ हुन्छ,उदार कर्ताहरुलाई कसरी खटाउनुपर्छ,हामी संग के के उपकरणहरु छ यस्ता अभ्यासहरुले अलि सोच्नुपर्ने बाध्य बनाउने गरेको उनले बताए।

विपद व्यवस्थापनको शिर्षकमा हामी खर्च गरेका छैनौं तर असार १० गते भित्र सबै स्थानीय तहको अब नगर सभा हुँदै छ,यो विषय संगसंगै कम्तीमा पनि यो जिल्ला बाढी र डुबानजन्य प्रकोप बढी हुन्छ,स्थानीय तहहरुले लाइफ ज्याकेट,बोट जस्ता सामाग्री तयार पारेर राख्नुपर्ने प्रजिअ अधिकारीले भने।

सिम्रौनगढ़ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद जयसवालको अध्यक्षतामा सो अभ्यास भएको थियो। उक्त कार्यक्रममा संबिधान सभा सदस्य रामचन्द्र प्यासी,करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव,बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी,श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका प्रमुख सेनानी अशोक कुमार क्षेत्री,सरकारी कार्यालयहरुका प्रमुख,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान,वडा अध्यक्ष संचारकर्मी तथा स्थानीयबासिहरु लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको संचालन श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका क्याप्टेन अनमोल प्रसाईले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर