Friday, June 26, 2026

कलैया उपमहानगरका तत्कालिन महाशाखा प्रमुखको निधन

कलैया, ४ असार। कलैया उपमहानगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद महाशाखाका तत्कालिन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको निधन भएको छ।

उनको निधनमा उपमहानगरले मातहतका सबै वडा समितिको कार्यालय,शैक्षिक संस्थाहरुमा आज बुधबार आधा दिन सार्वजनिक बिदा दिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक शोक वक्तव्य जारी गरी यसबारे जानकारी दिएका हुन्।

शोक वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनहरु प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर