21.1 C
Kalaiya

Thursday, October 16, 2025
spot_img
21.1 C
Kalaiya
Thursday, October 16, 2025

नन्दु राउत कुर्मी हत्या काण्डमा संलग्न ५ जना आरोपी प्रहरीद्वारा सार्वजनिक

spot_img
spot_img

कलैया,०६ असार । जिल्ला प्रहरी कार्यालय बाराले नन्दु राउत कुर्मीको हत्यामा संलग्न पाँच जना आरोपितलाई सार्वजनिक गरेको छ। शुक्रबार कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेका हुन्।

Advertisement

जेठ २९ गते बेलुका कलैया उपमहानगरपालिका–१४ स्थित बघवन टोलमा रहेको उमेश साहको राइस मिलअगाडि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका नन्दु राउत कुर्मीको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको थियो।

Advertisement

मृतकका २६ वर्षीय छोरा दिपेन्द्र पटेलले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै मुख्य अभियुक्तसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमा बघवन टोलका ४० वर्षीय उमेश जैसवाल, उनकी ३५ वर्षीया श्रीमती रञ्जु देवी, उनका छोराहरू—२५ वर्षीय अमित जैसवाल, २० वर्षीय सुमित जैसवाल, १८ वर्षीय सुजित कुमार जैसवाल तथा ३४ वर्षीय दिगम्बर प्रसाद जैसवाल रहेका छन्।

Advertisement

प्रहरी अनुसन्धान अनुसार मृतक नन्दु राउत कुर्मीले आफ्नी नातिनी र करैयामाई गाउँपालिका–७ का गौतम पासवानबीच भेट गराएका थिए। सोही विषयलाई लिएर मृतककी श्रीमतीले उमेश जैसवालका कान्छा छोरा सुजित कुमारलाई झगडा गरी हातपात गरेकी थिइन्। त्यसैको रिसिवीले उमेश परिवारले मिलमै पुगेर नन्दुलाई कुटपिट गरेको प्रहरीको जनाएको छ।

मुख्य अभियुक्त उमेश जैसवाललाई बिश्रामपुर गाउँपालिका–४ स्थित खुदिया टोलबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर