Friday, June 26, 2026

रौतहटमा बस दुर्घटना : १० जना घाइते

कलैया, ९ असार। काठमाडौंबाट महोत्तरी जादै गरेको बस रौतहटमा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी बसमा सवार २५ जना मध्ये १० जना घाइते भएका छन् ।

बस अनियन्त्रित भएर सडकबाट करिब ७ फिट तल खस्दा सात भारतीय नागरिकसहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिएका छन।

घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक, अन्य दुई जना धनुषा र एक जना महोत्तरीको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर